गृहमन्त्रीलाई बर्खास्तकाे माग गर्दै युवराज सफलले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

भिजिट भिसा प्रकरणमा जाेडिएका गृहमन्त्री रमेश लेखकलाई बर्खास्तकाे माग गर्दै युवराज सफलले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन्।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेख्दै सफलले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीलाई कारबाहीकाे माग गरेका हुन्।

अध्यागमनका कर्मचारीले दलालसँगको मिलेमत्तोमा भिजिट भिसामा जानेहरुसँग मोटो रकम उठाएको यो प्रकरणमा गृहमन्त्री लेखक, गृहसचिव गोकर्णमणि दुवाडीलगायतको नाम जोडिएकाले तत्काल निलम्बन गरी कानुनी कारबाही प्रक्रिया अघि बढाउन उनले ध्यानाकर्षण गराएका छन्।

प्रधानमन्त्रीको निजी सचिवालयमा दर्ता भएको (८४३६ दर्ता नम्बर) उजुरीमा लेखिएको छ, ......अत: प्रकाशित समाचारप्रति गृहमन्त्री, गृहसचिवलगायतले कुनै प्रतिक्रिया नदिनु भनेको आरोप स्वीकार गर्नु हो ।'

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसामा विदेश पठाउन मानव तस्करसँग मिलेमतो गरेको घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको छ। 

प्रकाशित मिति: : 2025-05-23 15:50:00

प्रतिकृया दिनुहोस्