एक हजार एक सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य एक हजार एक सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाल सुनको मूल्य तोलामा एक लाख ९० हजार चार सय रुपैयाँ कायम भएको हो।

यसअघि बिहीवार छापावाल सुन तोलामा १ लाख ९१ हजार पाँच सय रुपैयाँ कायम भएको थियो।

यस्तै चाँदीको मूल्य पनि घटेर २ हजार ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित मिति: : 2025-05-23 11:57:00

प्रतिकृया दिनुहोस्