नयाँ गभर्नर नियुक्त हुँदै! प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा संसदमा जारी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल, सरकारका नियमित कामकारबाहीबारे समीक्षा, समसामयिक विषयका साथै राष्ट्र बैंकमा गभर्नर नियुक्तिलगायत विषयमा छलफल हुनेछ।

प्रकाशित मिति: : 2025-05-08 12:23:00

प्रतिकृया दिनुहोस्