केही समय लाग्ला तर राजनीतिको नेतृत्व ‘नयाँ पुस्ता’ले नै लिन्छन्ः प्रदीप पौडेल

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले केही समय लागेपनि राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै लिने बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले केही समय लागे पनि अन्त्यमा नयाँ विषय ल्याउनेहरू कै पक्षमा नेतृत्व जाने र राजनीतिको नेतृत्व पनि पछिल्लो पुस्ताले नै लिने बताए।

उनले भने, ‘यो मुलुकमा धेरै काम गर्नुपर्ने छ, तर गर्न सकिदैन भन्दै पलायन हुने होईन। गर्न सकिन्छ भनेर अगाडि बढ्नुपर्छ। समस्याको समाधान दिने हिसाबले नेतृत्वमा आउनु, जतिले चाहेपनि राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै लिन्छ। केही समय लाग्न सक्छ तर अन्त्यमा नेतृत्व नयाँ विषय ल्याउनेहरू कै पक्षमा जान्छ।’

यस्तै, उनले विद्यार्थी आन्दोलनले साझा मुद्दा पहिचान गरेर त्यसको आधारमा अगाडि जाने अवस्था भयो भने राज्यमाथि पनि सकारात्मक हस्तक्षेप गर्न सक्ने बताए।

उनले भने, ‘विद्यार्थीहरूले साझा मुद्धा निर्माण गरेर सँगसँगै जाने वातावरण निर्माण गर्नुपर्छ। नेपालमा २०४७ साल, २०६२, ६३ सालको आन्दोलनमा सधैं लोकतन्त्रवादी विद्यार्थी संगठनहरू आपसमा मिलेर अगाडि बढेको अवस्था थियो। त्यसकारण वर्गीय मुद्धा प्राप्त गर्नका लागि विद्यार्थी संगठनहरूबीच एकता कायम गर्न सक्नुपर्छ। साझा मुद्धा पहिचान गरेर त्यस आधारमा अगाडि जाने अवस्था भयो भने विद्यार्थी आन्दोलनले राज्यमाथि पनि सकारात्मक हस्तक्षेप गर्न सक्छ।’

परम्परागत रुपमा गलत मान्यताका आधारमा विकसित भएका कतिपय कुराहरूलाई अन्यत गर्नका लागि विद्यार्थी आन्दोलनले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ।

उनले भने, ‘परम्परागत रुपमा गलत मान्यताका आधारमा विकसित भएका कतिपय कुराहरूलाई अन्यत गर्नका लागि विद्यार्थी आन्दोलनले महत्वपूर्ण भूमिका खेल्न सक्छ त्यसैले सामाजिक क्षेत्रमा सामाजिक वेतिथिलाई अन्त्य गर्नको लागि समाजमा सुधार गर्नको लागि विद्यार्थी आन्दोलनले धेरे ठूलो भूमिका खेल्न सक्छ।’

यसको साथै, उनले विद्यार्थी आन्दोलन सामाजिक मुद्धा, जनताको मुद्धा र विद्यार्थी समुदायको मुद्धाहरूको बारेमा बोल्नुको साथै वेतिथि र विसंगतिको विरुद्ध प्रहार गर्ने पनि बताए।

प्रकाशित मिति: : 2025-05-07 12:50:00

प्रतिकृया दिनुहोस्