उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आगामी आर्थिक वर्षको बजेटबारे परामर्श गरेका छन्।
सोमबार बिहान बुढानिलकण्ठस्थित देउवा निवास पुगी अर्थमन्त्री पौडेलले सभापति देउवासँग बजेटबारे परामर्श गरेका हुन्।
सो अवसरमा सभापति देउवाले मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरी मितव्ययिता अवलम्बन गर्न र स्रोतको अधिकतम सदुपयोग हुनेगरी बजेट निर्माण गर्न सुझाव दिएका देउवाको सचिवालयले जनाएको छ।