सरकारसँग वार्ता गर्न सिंहदरबार पुगे शिक्षकहरू

फाइल तस्बिर
फाइल तस्बिर

सरकारसँग वार्ता गर्न शिक्षकहरू सिंहदरबारमा पुगेका छन्।

मंगलबार रातिको वार्ता सकारात्मक भएकाले आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सहमति हुने बताइएको छ। 

काठमाडौं केन्द्रित बनाएर देशभरका शिक्षकहरू चैत २० गतेदेखि सडक आन्दोलनमा उत्रिएका छन्। 

विद्यालय शिक्षा ऐन लागु नभएसम्म आन्दोलन नछोड्ने शिक्षकहरूको अडान छ। तर अब भने सरकारसँग शिक्षकहरूको सहमति हुने संकेत देखिएको छ। 

 

प्रकाशित मिति: : 2025-04-30 15:03:00

प्रतिकृया दिनुहोस्