ललितपुरको बाँडेगाउँमा रहेको एक सुधार गृहमा राखिएका एकजना पुरुषको मृत्यु भएको घटनामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विश्वास नेपाल रिह्याब सेन्टर सञ्चालक गोदावरी नगरपालिका–१२ घर भएर तीनकुने बस्ने ४५ वर्षीय सुजन महर्जन, कर्मचारीहरुहरु ३४ वर्षीय भाष्कर बुढाथोकी र ४५ वर्षीय अनुज नेपाल रहेका छन्।
गएराति रिह्याबमा राखिएको सिन्धुपाल्चोक घर भएका ४८ वर्षीय दावा घिसिङको मृत्यु भएको थियाे।
मृतकको शव पोष्टमार्टका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ। उक्त घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरी जनाएकाे छ।