प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई ढुक्क भएर मिसन २०८४ मा लाग्न आग्रह गरेका छन्।
बिहीबार एमालेले आयोजना गरेको युथ सेलिब्रेसन कार्यक्रममा बाेल्दै उनले सरकारबारे धेरै चिन्ता नलिन र मिसन ०८४ मा लाग्न आग्रह गरेका हुन्।
सरकारकाे नेतृत्व एमालेले गर्ने बताउँदै चुनावकाे बारेमा मात्र चिन्ता लिनुपर्ने उनकाे भनाइ थियाे।
भिडियो-
000
नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षकहरूका समस्या वार्ताबाट समाधान गर्ने बताएका छन्।
बिहिबार पदभार ग्रहण गरेपछि मन्त्री पन्तले शिक्षकका समस्याबारे जानकार रहेको बताउँदै वार्ताको माध्यमबाट समस्याको समाधान गर्न प्रयत्न गर्ने बताएका हुन्।
विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएपछि पन्तलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामन्त्रीमा नियुक्त गरेका थिए।
000
अमेरिकाबाट डिपोर्ट भएर नेपाल आएका चार जना भुटानी शरणार्थी अमेरिका जानअघि शरणार्थी शिविरमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
बिहीबार बन्दीप्रत्यक्षीकरणकाे रिटमाथि सर्वोच्च न्यायाधीशद्वय बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आङ्शिक रिट जारी गर्दै शिविरमा राख्न आदेश दिएको हाे।
शिविरमा राख्ने आदेशसँगै अध्यागमन कार्यालयलाई ६० दिनभित्र अनुसन्धान सक्नसमेत सर्वोच्चले भनेको छ।
000
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केही दिनअघि आफूलाई फोन गरेको बताएका छन्।
सिंहदबारमा बिहीबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा प्रचण्डले देउवाले आफूलाई फोन गरेको ब्रिफिङ गरेका हुन्।
उक्त फोनवार्तामा शुभकामना आदानप्रदान र भेटघाट गर्ने कुराकानी भएको प्रचण्डको भनाइ थियो।
000
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आधारभूत कुरा पूरा गर्न नसके सरकारबाट बाहिरिने बताएका छन्।
लोकतन्त्र दिवसको अवसरमा बिहिबार आयोजित कार्यक्रममा बाेल्दै उनले जनताको कुरा गर्दा वास्ता नगरे सरकारबाट बाहिरिने बताएका हुन्।
जनताको कुरा उठाउँदा वास्ता नगरे जुनसुकै सरकारबाट बाहिरिने उनकाे भनाइ थियाे।
000
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगाेलले ‘स्टन्ट’ गरेर देश नबन्ने बताएकी छन्।
लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा एमालले आयोजना गरेको यूथ सेलिब्रेसन कार्यक्रममा बोल्दै डंगाेलले स्टन्ट’ गरेर देश नबन्ने बताएकी हुन्।
काठमाडाैंका प्रमुख बालेन शाहलाई लक्षित गर्दै देश बनाउन याेजना र कामप्रति इमान्दार हुनुपर्ने उनकाे टिप्पणी थियाे।
000
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकलाई सरकारी सरह भत्ता नदिए निजी मेडिकल कलेजलाई सहयोग नगर्ने बताएका छन्।
सरकारले आवासीय चिकित्सकलाई निर्वाह भत्ता ८ औं तहको निर्णय गरे पनि निजी मेडिकल सञ्चालकले नटेरेको भन्दै मन्त्री पौडेलले निर्णय कार्यावन्यन नगरेसम्म मन्त्रालयबाट कुनै पनि सहयोग नहुने बताएका हुन्।
निजी मेडिकलले ४८ हजार निर्वाह भत्ता कार्यावन्यन नगरेसम्म मन्त्रालयसँग सरोकार रहेका कुनै पनि काम अगाडी बढ्ने उनकाे चेतावनी थियाे।
000
पाकिस्तानले भारतसँगको व्यापार, हवाइ उठान र सबै द्विपक्षीय सम्झौताहरू स्थगित गरेको छ।
जम्मु–कश्मिरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले बुधबार चालेको कदमको प्रतिक्रिया स्वरुप पाकिस्तानले बिहीबार यस्तो निर्णय लिएको हो।
राष्ट्रिय सुरक्षा समितिको बैठकपछि प्रधानमन्त्री शहबाज शरिफको कार्यालयबाट जारी विज्ञप्तीमा भारतसँगको व्यापार, हवाइ उडान र सबै द्विपक्षीय सम्झौताहरू स्थगित गरिएको उल्लेख छ।
000