क्यान्सरका रोगी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. धवल समशेर राणालाई प्रहरीले सशर्त छोडेको छ। हालैमात्र भारतबाट क्यान्सरको उपचार गराएका आएका उनी गत चैत १५ गते तीनकुनेमा भएको आन्दोलनलाई उक्साएको आरोपमा पक्राउ परेका थिए।
उनी क्यान्सरका रोगी हुन् र केही दिन बिराएर भारतमा थप परीक्षणका लागि पुग्नुपर्छ। तर उनी २४ दिनपछि परिवारको रोहबरमा हाजिरी जमानतमा छुटेका हुन्।
गत चैत १५ गतेको आन्दोलन हिंसात्मक र उत्तेजक बनाएको आरोपमा उनी पक्राउ परेका थिए। उनी हालैमात्र क्यान्सरको उपचार गराएर भारतबाट फर्किएका थिए।
उपचारलगत्तै उनलाई फेरि कानुनी प्रक्रियामा ल्याइने प्रहरीले जनाएको छ। उनीसँगै पक्राउ परेका राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने अझै हिरासतमै छन्।
तीनुकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो। त्यस्तै तोडफोड र आगजनीमा कैयौ क्षति भएको छ। त्यो आन्दोलनका कमाण्डर बनाइएका दुर्गा प्रसाईंलाई १४ दिनपछि भारतबाट पक्राउ गरेर प्रहरीले नेपाल ल्याएको थियो।
प्रहरी हिरासतमै रहेका प्रसाईंलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउनेगरी अनुसन्धान भइरहेको छ। सोही आन्दोलनका संयोजक राजावादी नेता नवराज सुवेदीलाई घरभित्रै बन्दी बनाइएको छ भने पूर्वराजा ज्ञानेन्द्रलालाई पनि निर्मल निवासबाट निस्किन नदिनेगरी सुरक्षा समूह खटाइएको छ।
आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शन आह्वान गरेको थियो। तर प्रदर्शनकारीहरूलाई बिजुली बजारमै छोडेर सिंहदरबार छिरेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरूलाई प्रहरीले त्यहीँबाट गिरफ्तार गरेर साँझमात्रै गागज गराएर छोडेको थियो।