राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसहित राप्रपा सांसदहरू सिंहदरबारबाटै पक्राउ परेका छन्।
सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमै बेहीबेर बन्धक बनेका सांसदहरूलाई प्रहरीले गिरफ्तार गरेको हो।
लिङदेनसहित प्रमुख सचेतक ज्ञानबहादुर शाही, उपाध्यक्ष बुद्धिमान तामाङलगायत नेताहरू पक्राउ परेका हुन्।
उनीहरूले सिंहदरबारभित्रै सरकारविरुद्ध नारावाजी गरेका थिए।