अब पूर्वराजालाई पनि कारवाहीको दायरामा ल्याउनुपर्छ: महेश बर्तौला

फाइल तस्बिर
फाइल तस्बिर

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्।

चैत १५ गते राजावादीहरूको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं पक्राउ परिसकेकाे भन्दै उनले पूर्वराजालाई पनि कारवाहीको दायरामा ल्याउनुपर्ने बताएका हुन्।  

‘यो प्रक्रियामा कहिँ न कहिँ पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि जवाफदेहिताको तहमा पनि ल्याइनुपर्छ', कानून समितिको बैठकमा बोल्दै उनले भने, ‘फागुन ७ गते पूर्वराजाले  जनताहरूले साथ दिनुपर्छ भन्नुभएको छ। उहाँले सार्वजनिक गरेको आह्वानबाट उत्साही भएर जे घटना भइरहेका छन्, त्यो घटनासँग जोडेर कुनै प्रतिक्रिया दिनुभएको भएकाे छैन।' 

प्रकाशित मिति: : 2025-04-11 12:47:00

प्रतिकृया दिनुहोस्