तीनकुनेको राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंले अर्को भिडियो सन्देश सार्वजनिक गरेका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत मार्फत ८ मिनेट लामो भिडियो सन्देश पोष्ट गर्दै उनले आफु ‘भागेको’ नभइ ‘जोगिएको’ बताका छन्। उनले आफू मानवअधिकारवादीको रोहबरमा सार्वजनिक हुन तयार रहेको पनि बताएका छन्।
यो पनि-
‘म भाग्न जन्मेको होइन्, नेपालमै कतै छु,’ उनी भन्छन्, ‘दुर्गा व्यक्ति होइन, एउटा विचार हो। म पेरुको गोन्जालो बन्न चाहन्न नेपालको लिडर बन्न चाहन्छु। नेपालीहरूलाई बचाउँन चाहन्छु।’
त्यस्तै उनले राजावादी आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र कीर्तिपुरका सवारी मजदुर सविन महर्जनको परिवारलाई जनही ५/५ लाख रुपैयाँ दिने घोषणा पनि गरेका छन्।
गत चैत १५ गते तीनकुनेको हिंसात्मक आन्दोलनपछि दुर्गा प्रसाईं फरार छन्। उनी भारत पुगेको आशंका गरिएको छ।