अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते

बिएल संवाददाता

अर्घाखाँची

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

जिल्लाको मालारानी गाउँपालिका–३ लुटीपोखरी–खनदहको भित्री सडकखण्डमा आइतबार बिहान  जिप दुर्घटना हुँदा यात्रु बालकृष्ण रिजाल र चालक दिलिप खनालको मृत्यु भएको  हो। 

उक्त  घटनामा परी अन्य दुई जना घाइते भएका छन्। प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले  मालारानी गाउँपालिमा वडा नम्बर  ४ बस्ने वसन्त पोखरेल र भुवन पोखरेल घाइते भएको बताए। 

मालारानीको  लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।    जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो।

प्रकाशित मिति: : 2025-04-06 08:58:00

प्रतिकृया दिनुहोस्