रविले भेटे सभामुख, निलम्बन फुकुवा गरिदिन आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुखलाई भेटेका छन्। 

सिंहदरबारस्थित सभामुख देवराज घिमिरेलाई भेट्न उनी उपसभापति डोलप्रसाद अर्यालसहित नेताहरूलाई लिएर पुगेका थिए।
 
सोमबारमात्रै उनी औपचारिकरुपमा पार्टी सभापतिको जिम्मेवारीमा फर्किएका थिए। त्यसपछि उनले सभामुखलाई भेटेका हुन्। 

गत पुसमा उनीविरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता भएपछि उनको सांसद पनि निलम्बन भएको थियो। 

सबै ठाउँका अदालतलहरूले उनलाई धरौटीमा छोडेको थियो। यसरी साढे पाँच महिनापछि रवि फेरि सार्वजनिक राजनीतिक जीवनमा सक्रिय भएका छन्। 
 

प्रकाशित मिति: : 2025-04-01 11:11:00

प्रतिकृया दिनुहोस्