धवलशमशेरको जिम्मेवारी खोसियो, लिङदेन आफैं अघि सरे

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न भएको छ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतबार र मंगलबार बसेको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, आगामी आन्दोलन, देशभर भइरहेका पार्टीका कार्यक्रमहरू एवं संगठन निर्माणको अवस्थाबारे समिक्षा भएको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए।

बैठकले राप्रपाले राजसंस्था, हिन्दु राष्ट्रको पुन:स्थापना, प्रदेश संरचनाको खारेजी लगायतका राजनीतिक, सामाजिक एवं सुशासन र जनजीविकाका विविध विषयमा काठमाण्डौं उपत्यका लगायत देशका विभिन्न स्थानका पूर्वघोषित कार्यक्रमहरूलाई निरन्तरता दिने निर्णय गरेको छ।

राप्रपाको नेतृत्वमा हुने आन्दोलनको कार्यक्रमहरू तय गर्न आगामी चैत १२ गते आन्दोलन परिचालन मूल समितिको बैठक पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बस्नेछ र आन्दोलनका आगामी कार्यक्रमहरू तय गर्ने निर्णय गरिएको श्रेष्ठले बताए।

यसअघि राप्रपाले धवलशमशेर राणाको नेतृत्वमा राजतन्त्र फर्काउने आन्दोलन परिचालन मूल समिति गठन गरिएको थियो। राणालाई हटाएर राप्रपाले लिङदेनकै नेतृत्वमा आन्दोलनमा होमिने निर्णय गरेको छ।

आन्दोलनका लागि समान विचार भएका व्यक्ति, समूह र दलसँग पारस्परिक एकता, संवाद र सहकार्यको लागि राप्रपाले पहलकदमी गर्ने बठैकले निर्णय गरेको छ।

प्रकाशित मिति: : 2025-03-18 19:28:00

प्रतिकृया दिनुहोस्