बिएल संवाददाता
चलचित्र ‘राजागंज’को बिहीबार साँझ प्रिमियर गरिएको छ। काठमाडौंको बिग मुभिजमा बुधबार साँझ गरिएको प्रिमियरमा चलचित्रकर्मीसँगै राजनीतिकर्मीहरूको पनि उपस्थिति थियो।
प्रिमियरमा पुगेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले चलचित्रको अंश काटिदा चलचित्रमाथि अन्याय भएको बताए।
‘मलाई दुःख के लाग्यो भने फिल्मका केही महत्वपुर्ण अंशहरू काटिएको छ भन्ने सुनें। कति काटिएको हो? यदी मुख्य अंश काटिदा फिल्मको टाउकै काटिए जस्तो हुन्छ। त्यसो गर्नु उपयुक्त हुँदैन। हाम्रो संविधानले अभिव्यक्ति स्वतन्त्रता दिएको छ। मेहेनत गरेर बनाएको फिल्मको आधारभुत पक्ष नै काटियो भने फिल्म माथि नै अन्याय हुन्छ। त्यस हिसाबले पनि बेठिक हुन्छ।’
विशेषगरी चलचित्र बोर्डले २०७२ सालमा एमालेको अध्यक्षको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट बाहिरिने मधेशी दलहरूलाई ‘रुखबाट झरेका दुई-तीनटा आँप’को संज्ञा दिएको दृश्य फिल्ममा समावेश गरिएकोमा आपत्ति जनाएको हो।
त्यसलाई हटाउन वा फिल्ममा समावेश गर्नैपर्ने भए प्रधानमन्त्रीको कार्यालयबाट अनुमतिसहितको पत्र लिएर आउन सेन्सर बोर्डले निर्देशन दिएको थियो।
बोर्डले केही दृश्य र संवादमा आपत्ति जनाउँदै रोक लगाएपछि निर्माताले पुनः सेन्सरका लागि आवेदन दिएका थिए। बोर्डले राखेका सबै सर्तहरू पूरा गरेपछि फिल्मले ‘युनिभर्सल सर्टिफिकेट’ प्राप्त गरेको थियो।
चलचित्रमा आशा मगराती, दयाहाङ राई, ऋचा शर्मा, पशुपति राई, विजय बराल, गौमाया गुरुङ, निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठलगायत कलाकारहरूको अभिनय रहेको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया