राजावादीको शक्ति प्रदर्शन नेताहरूलाई टाउको दुखाई, प्रधानमन्त्री र गृहमन्त्री भ्याली बाहिर (भिडियाे समाचार)

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन्।

निजी भ्रमणका सिलसिलामा पोखरा र पश्चिम नेपालमा गएका ज्ञानेन्द्र आइतबार दिउँसो काठमाडौं आइपुगेका हुन्। 

पूर्वराजा शाहको स्वागतका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपाका नेताहरू विमानस्थल बाहिर पुगेका थिए। 

सुरक्षाका कारण विमानस्थलभित्र प्रवेश गर्न नदिइएपछि लिङ्देन, दुर्गा प्रसाईंलगायत विमानस्थल बाहिर नै बसेका थिए भने पञ्चेबाजासहित समर्थकले समर्थन गरेका थिए।

000

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो स्पष्टीकरण बुझाएका छन्। 

आइतबार उनले १६ पृष्ठ लामो स्पष्टीकरण ऊर्जा मन्त्रालयमा बुझाएका हुन्। 

उक्त स्पष्टीकरणमा उनले आफूलाई कारबाही गर्न आवश्यक नभएको जिकिर गरेका थिए।

मन्त्रिपरिषद् बैठकले २१ गतेको निर्णयअनुसार कुलमानलाई ४ बुँदामा सफाइ पेस गर्न मौका दिएको उल्लेख गरेको थियो। सोहीअनुसार ऊर्जा मन्त्रालयले २२ गते पत्र पठाउँदै स्पष्टीकरण मागेको थियो।

000

 नेपाल स्टक  एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि १० जनाको आवेदन परेको छ। 

आइतबार साँझसम्म नेप्सेको सीईओ पदका लागि १० जनाको आवेदन परेको हो।

नेप्सेको सीईओ बन्नका लागि पूर्णप्रसाद आचार्य, बद्री प्रसाद प्यनकुरेल, नारद कुमार लुइँटेल, युवराज दाहाल, प्रवीण अधिकारी र चूडामणि चापागाईँको आवेदन परेको छ।

यसका साथै बिमल कुमार तिवारी, कृष्ण बहादुर कार्की, हेमन्त बश्याल, मुकुन्द राज जोशीले पनि सीईओका लागि आवेदन दिएका छन्।

000

अमेरिकाबाट फर्काइएका नेपालीको संख्या ३८ पुगेको छ।

२२ फागुनमा आठ जनालाई नेपाल फर्काउँदा डिपोर्ट हुने नेपालीको संख्या ३५ पुगेको थियो। त्यसयता थप ३ जनाको डीपोर्ट भएको अध्यागमनकाे रिर्पाेट छ। 

त्यसैगरी मानव बेचबखिन अनुसन्धान ब्युरोको टोलीले पनि २० जनवरीयता अमेरिकाबाट नेपाल डिपोर्ट हुनेको संख्या ३८ पुगेको बताएको छ ।

अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपतिमा चुनिएपछि गैरकानूनी रुपमा अमेरिकामा बसोबास गर्दै आएकाहरू धमाधम डिपोर्ट हुन थालेका छन्। 

000

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र काँग्रेस मिलेर बनेको सरकारका कारण अहिले ‘राजावादी’हरू उग्र हुन थालेको बताएका छन्। 

नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई आइतबार भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

सरकारकाे कारण उग्र बनेकाे  ‘राजावादी’हरूलाई राेक्ने जिम्मेवारी माओवादीकै रहेकाे प्रचण्डकाे जिकिर थियाे। 

000

राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वंश विनाश गरेको आरोप लगाएका छन्। 

आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै वंश विनाश गर्नेले नै अहिले राजा फर्काउने भनेर नाटक मञ्चन गरिरहेको आरोप लगाएका हुन्। 

विश्वका धेरै देशहरूमध्ये नेपालमा सबैभन्दा लामो समय लगाएर सबैभन्दा कठिन र चुनौतीपूर्ण संघर्ष गरेर अडाई सय वर्ष अघिदेखि जरा गाडेर बसेको निरंकुश सामन्तवाद राजतन्त्रको अन्त्य गरेकाे उनकाे भनाइ थियाे। 

000

चार देशीय महिला टी–२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा नेपालले घरेलु टोलीमाथि एक विकेटको जित निकालेको हो।

पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो। नेपालले अब तेस्रो खेल सोमबार हङकङसँग खेल्नेछ। 

उक्त सिरिजमा नेपालसहित घरेलु टोली युगान्डा, नामिबिया र हङकङ सहभागी छन्।

प्रकाशित मिति: : 2025-03-09 20:15:00

प्रतिकृया दिनुहोस्