बिएल संवाददाता
                                -रिकेश महर्जन
डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिको उम्मेदवार हुने तय भएदेखि विश्व राजनिति र घटना तरंगित हुन पुगेको थियो। अझ निकटम प्रतिद्वन्द्वीलाई महत्वपूर्ण मानिने स्विंग स्टेटहरूमा पराजित गर्दै ४७औं राष्ट्रपति निर्वाचित भएपछि विश्व राजनितिमा अनेकन ज्वारभाटाहरू आएका छन्।
यसका पछाडि हजारौं व्यक्तिहरूको सपनाको देश, स्वतन्त्रताको भेष अमेरिकाले लिने आप्रवासन, समलिंगी, आर्थिक सहायतासम्बन्धि नीतिहरू रहेका छन्। उता डोनाल्ड ट्रम्प पदासिन भएपश्चात यता (नेपाल)का हरेक छापाहरूमा सपनाको सहरबारे दिनहुँ समाचार आए। यसअघि पनि नआएका भने होइनन्।
समुन्द्रका कयौं माइलको जोखिमयुक्त यात्रा गर्दै, मेक्सिकोको बाटोबाट बिचौलियाहरूलाई घर खेत बेचेर अमरिका गएका कथाहरू ताजै छन्, बीचैमा डुंगा पल्टेर, बिचौलियाले अलपत्र बनाएका र कागज किर्ते गरी जान खोजेका र लान खोजेकाको कुरा भनि साध्य छैन।
दक्षिणी सीमामा ट्रम्प प्रशासनले पर्खाल लगाउने र संकटकाल घोषणापछि त आप्रवासीहरू झनै आत्तिएका छन्। गैरकानुनी रुपमा अमेरिका बसिरहेकाहरूलाई डिपोर्ट गर्ने कडा नीति उता लागु हुँदैगर्दा अमेरिकामा बसिरहेका, पढिरहेका र जान लालायित हुनेहरू र तिनका परिवारजनका केही हदसम्म निद हराम भएको छ।
बिहान चिया पसलदेखि साँझको बसाइसम्म अब त नेपालीहरू फर्किने भए, डीभी बन्द हुने भयो भन्नेले बसिबियाँलोको कुरा गर्ने मेसो भएको छ। अमेरिका समाचार, राजनीतिमा मात्र नभइ चलचित्रसम्म आइपुगेको छ।
फाल्गुन १४ गते बुधबार महाशिवरात्रीको दिनदेखि नेपाली सिनेमाघरहरूमा ‘फेरि रेशम फिलिली’ नेपाली चलचित्र प्रदर्शनमा आएको छ। मंगलबार ललितपुरस्थित लाबिम मलमा फिल्मको प्रिमियर शो हेर्नु र आज ट्रम्पले ओभल अफिसबाट ‘गोल्ड कार्ड’बारे गरेको उद्घोषले गर्दा केहि पृष्ठभुमि र चलचित्रले समसमायिक सान्दर्भिकता पाएको छ।
चलचित्र ‘फेरि रेशम फिलिलि’का लेखक निरोज महर्जनजी हजुरको मुनाललाई गोल्ड कार्डबारे भनिदिनु होला है। ५० तारे देशका राष्ट्रप्रमुखले भर्खरै आफ्नो कार्यकक्षबाट गोल्ड कार्डका बारेमा उद्घोष गरेका छन्।
धेरै हैन है मात्र ५०, 
५० तारेका लागि मात्र ५०, 
५०, ५०, ५०
अँ ५० लाख अमेरिकी डलर (झन्डै ७० करोड नेपाली  रुपियाँ), फेरि मुनाललाई जसरि नि जानुछ। बुवा हजुरले मुनाललाई त्यति नि नगर्दिनु होला त।
आज, आफ्नो पैतृक सम्पत्ति बेचेर हुन्छ कि बैंकमा राखेर हुन्छ कि साहुकोमा तमसुकमा ल्याप्चे लगाएर हुन्छ मुनाललाइ जस्तै ५० तारे देश सबैलाइ जानु परेको छ। नजानु पनि कसरी? कत्रो इज्जत जो छ, त्यत्रो ५०-५० राज्य भएको ठाँउ जो छ। त्यसैले त आज समाजले कागजको टुक्रो भएको ज्वाईं खोज्छ, बुहारी रोज्छ। हिजो देख्दा पनि नदेखे जस्तै गर्ने छिमेकी आज टाढैबाट नाम लिएर बोलाउँछ।
आर्थिक अवस्थाले छि-छि र दुरदुर गर्ने मुखिया आँगन लिपेर भुजा ज्यूनार गर्न घरसम्मै बोलाउन आउँछ। नगाँसिएको सम्बन्ध गाँस्न सक्ने, मासिएको इज्जत फर्काउने सक्ने त्यत्रो सर्वशक्तिमान कागजको टुक्रा यसै भा हो त?
घरमा आमालाई भ्याइ नभ्याइ भाछ। कसैसंग बोल्न फुर्सद छैन। बिहान लेकमा पुगेर काकिलाई भनि बेलुकी बेसी पुगेर माइजुलाई भन्नु छ, मेरो छोरो अमेरिका जाँदै छ। हिजो एकल महिला भनेर बिर्सिएको नाता कुटुम्ब एकाएक ब्युतिएको छ, मुर्झाएको सम्बन्ध फक्रिएको छ। यो कथा हैन समाजको यथार्थ हो, अझ कसरी यस्तो होला त लाग्छ भने गएर रेशमलाई हेर्नु।
बुवा हजुरलाई फेरि कम्ता गार्ह्रो भा छैन, मुनाको मात्र हैन पुष्पाको नि चिन्ता छ। पुष्पा चिन्नु भएन है, चिन्न हल मै जानुपर्छ। तर, यति चाँहि भने, बुवा हजुरको मन छोरीभन्दा छोरामाथि, छोराको मन भने केटा साथीमाथि। न आफ्नो कुरा राम्ररी अरुलाई बुझाउन सक्छ, न उ खुलेर बोल्न सक्छ, न त अरुले नै उसलाई बुझ्छ, तपाईको डरले, यो समाजको डर, यो झन्झेर यति बलियो गरी बसेको छ कि यसलाइ अझै तोड्न सकिएको छैन। तर, कथाकारले यौनिक अल्पसंख्यकहरूको विषय, समयौनिकताको विषय पात्रहरूको गहकिलो अभिनयबाट मन र मस्तिष्क दुवैलाई छुने गरि बेजोड सामाजिक सन्देश प्रवाह गरेका छन्।
रेशम, मुना, पुष्पा, हरियो, हाजमोला, हामी नै हौ? तर, आफैंलाई चिन्न र बुझ्न सकेनछौं? २ घण्टा २२ मिनेटको बसाईंले समाजको चित्र, गाउँ, टोल, समाजका पात्रहरूको चरित्रको यथार्थ दर्पण जसरी चलचित्र उभिएको छ। त्यति छोटो समयमा समाजको विद्यमान विषयहरू आप्रावसन, गरिबी, विभेद, आर्थिक सम्पन्नता, लैंगिकता, स्टार्टअप कलाकारको अड्चनबारे त्यति दरिलो गरी रोमान्टिक कमेडी जनरामा प्रस्तुत गर्नु कथाकारको खुबी र कलाकारहरूको कला प्रंशसनीय छ। यसैले यो चलचित्र तार, सपना र समाजकै सेरोफेरो हो।
हाँसोको फोहोरा छुटाउने ड्याइलगहरू, अब के हुन्छ त, पटकथाहरूको अन्तर-सम्बन्ध र क्लाइमेससम्म दर्शकलाई सिटमा राखी भावनात्मक अपन्त्व दिनु चलचित्रको सबल पक्ष हो। साउथ मुभिमा जस्तै कमेडी देखिनु नयाँ विषय भन्न सकिन्छ।
कसैलाई गाली नगरी, मिमिक्री नगरी, स्टारडममा नरही, स्ट्न्ट नगरी, अभिनय कलामार्फत रोमान्टिक कमेडी जेनरमा चलचित्र बनाउनु र दर्शकलाई सरल ढंगले समाजिक सन्देश दिन सक्नुनै चलचित्रको ठुलो एसेट्ट हो। यसको लागि चलचित्रका सम्पुर्ण पक्ष (कलाकार,कथाकार, निर्देशक, निर्माता, सिनेमेटोग्राफर, कस्टम एण्ड मेकअप) सबै धन्यवादको हकदार हुनुहुन्छ।
अब, रह्यो गोल्ड कार्ड के गर्ने त?
म त एक पटक फेरि रेशम लाई नै गएर सोध्छु।
मुनालले के गर्छिन त?
त्यो चाहिँ मैले निरोज जि लाइ नै जिम्मा लगाए।
 
डाडैँमा बतास चल्यो, हावा सरर… र… र…
गाउँघर हावा चल्यो, अमेरिका जाने रहर…
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया