
बिएल संवाददाता
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले स्वर्गद्वारी गुठी किसानहरूले जग्गाधनी प्रमाण पूर्जा प्राप्त गर्न आवश्यक पर्ने कानूनी व्यवस्थाको तर्जुमा गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ।
गुठी संस्थान समेतको आवश्यक समन्वयमा कानूनी व्यवस्थाको तर्जुमा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको हो।
समिति सभापति कुसुम देबी थापाले स्वर्गद्वारी गुठी किसानहरुका समस्याबारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र गुठी संस्थानसँग छलफल गरेर तर्जुमा गर्न निर्देशन गरेको जानकारी गराइन्।
उनले भनिन्, ‘गुठी पीडितले जग्गाधनी प्रमाण पूर्जा प्राप्त गर्न आवश्यक पर्ने कानूनीव्यवस्थाको तर्जुमा, गुठी संस्थान समेतको समन्वयमा भूमि व्यवस्था, सहकारी तथा गरिबीनिवारण मन्त्रालयलाई निर्देशन गरिएको छ। यसमा परेका समस्या सम्बन्धी विषय तथा कार्य प्रगती विशेष समितिलाई जानकारी गराउन समेत निर्देशन गरिन्छ।’
साथै उनले छिटो भन्दा छिटो समस्याहरु समितिलाई उपलब्ध गराउन अनुरोध समेत गरिएको बताइन्।
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया