बिएल संवाददाता
जनता समाजवादी पार्टी (जसपा)ले सरकारले ल्याएको अध्यादेश संसदको कार्यसूचीमा राखेपछि मात्र आफ्नो निर्णय सार्वजनिक गर्ने भएको छ।
शुक्रबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष उपेन्द्र यादवले आफूहरूको कारणले अध्यादेश नअड्किएको भन्दै संसदको कार्यसूचीमा राखेपछि मात्र आफ्नो निर्णय सार्वजनिक गर्ने बताएका हुन्।
उनले भने, ‘हामीले अध्यादेश अड्काएको होइनौं। सरकारले आफै कार्यसूचीबाट हटाएको छ। हामी धारणा बनाउँदैंछौं, हाम्रो सोच सकारात्मक छ। अब सरकारले कार्यसूचीमा ल्याएपछि निर्णय गर्नेछौं।’
त्यस्तै उनले अध्यादेशमा सघाएमार्फत आफूहरूले पदको बार्गेनिङ चलिरहेको भन्ने हल्लामा कुनै सत्यता नरहेको बताए। आफूहरू अहिले सरकारमा जाने कुनै अवस्थामा नरहेको भन्दै देश र जनताको हितमा काम मात्र चाहिएको बताए।
उनले भने, ‘यस्तो फोहोरी र फटाहा कुरा कहाँबाट आयो? हामी अहिले सरकारमा जाने अवस्थामा छैनौं, मन्त्रालय मागेका छैनौं। देश र जनताको हितमा काम चाहिएको हो।’
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया