पाल्पामा १४ सय रुपैयाँ घर भाडा नदिएको निहुँमा घरबेटीले एक जनाको हत्या गरेका छन्।
तानसेन–११, साँचाका ३१ वर्षीय माधव विष्टले घरभाडा नदिएको निहुँमा डेरामा बस्दै आएका रिब्दीकोट–१, जोगीथुमका ५२ वर्षीय रुद्रबहादुर बुढाथोकीको हत्या गरेका हुन्।
मासिक ५ सय रुपैयाँ दिने सहमतिमा उनी ६ महिनादेखि विष्टको घरको एउटा कोठामा बस्दैआइरहेका थिए।
तर पछिल्लो समय १४ सय रुपैयाँ तिर्न बाँकी भएको र विवादका क्रममा मदिरा सेवन गरेका विष्टले हँसिया प्रयोग गरी हत्या गरेको खुलेको प्रहरीले बताएकाे छ।