‘आइटम डान्सर’ अर्थात् नोरा फतेही (फोटो फिचर)

Break n Links
Break n Links

बलिउडकी डान्सर नोरा फतेही क्यानडाकी हुन्। तर फिल्मको लागि जूनुन र ग्लामरको दुनियाँमा नाम कमाउनका लागि नोरा मुम्बई छिरिन्।

मुम्बईमा उनले धेरै मेहनत गरिन्। र, नृत्यको दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाइन्। उनको नृत्यलाई मन पराउनेहरू अहिले करोडौं छन्।

डान्सका साथै नोरा सोसल मिडियामा पनि धेरै एक्टिभ छिन्। र, चर्चित पनि छिन्। इन्स्टाग्राममा ४७ मिलियनभन्दा धेरै मानिसले नोरालाई पछ्याएका छन्।

४५ फिल्ममा नोराको ‘स्टाइल’

नृत्यको कारण चर्चामा छाएकी नोराको लुक्स पनि आकर्षण छ। उनले ४५ वटाभन्दा धेरै प्रोजेक्टमा काम पनि गरिसकेकी छन्।

फिल्मका साथै उनले म्युजिक भिडियोमा पनि काम गरेकी छन्। नोराले २०१४ सालमा आफ्नो फिल्म करियरको सुरुवात ‘फगली’बाट गरेकी थिइन्।

भलै, फिल्मले ‘बक्स-अफिस’मा त्यतिधेरै धमाका मचाउन सकेन। त्यही पनि नोराले हार मानिनन्। उनले निरन्तर बलिउडमा काम गर्दै गइन्।

उनको त्यही सालमा ‘रोरः टाइगर अफ सुन्दरवन’ फिल्ममा पनि काम गरिन्। त्यो फिल्म पनि फ्लप भयो। त्यसपछि उनी टेम्पर र मिस्टर एक्स जस्ता फिल्ममा देखिइन्।

बाहुबलीबाट चम्कियो किस्मत

नोरा फतेहीको बलिउडमा पहिचान मिलेको फिल्म थियो बाहुबली। त्यो फिल्ममा नोराले ‘आइटम डान्स’ गरेकी थिइन्। जसले तहल्का पिट्यो। त्यही गीतबाट पहिचान पाएकी उनले बलिउडमा काम पाउँदै गइन्।

बहुबलीपछि उनी सलमान खानको फिल्म ‘किक’ मा पनि देखिएकी थिइन्। त्यो फिल्ममा उनको भूमिका भलै, कम थियो। तर दर्शकको मनमा उनले ठाउँ पाइन्।

त्यसपछि उनले आफूलाई आइटम डान्सर बनाइन्। र, आफ्नो डान्सले दर्शकको मन-मस्तिष्कमा ठाउँ बनाइन्। उनी बिग बोसमा पनि सहभागी भएकी थिइन्।

 

प्रकाशित मिति: : 2025-02-06 19:28:00

प्रतिकृया दिनुहोस्