बिएल संवाददाता
बालबालिकाहरूलाई खुसी बाँडिरहेको छ नेपाल म्याजिक फाउण्डेशनले।
तीन वर्षदेखि विभिन्न संघसंस्थाका बालबालिकाहरूलाई म्याजिकदेखि नृत्यलगायत सिकाइरहेको संस्थाका उपाध्यक्ष निरज श्रेष्ठ बताउँछन्।
उनका अनुसार असहाय र पिछडिएका बालबालिकाहरूको मुहारमा खुसी ल्याउनु नेपाल म्याजिक फाउण्डेशनको लक्ष्य हो।
‘हामीले समाजसेवा गर्ने उद्देश्यका साथ यो संस्थाको सुरुआत गरेका हौं। त्यसैले बालबालिकाहरूलाई खुसी देख्दा हामी धेरै खुसी हुन्छौं’, खुसी हुँदै उनले सुनाए।
दुई सय बालबालिकाहरूलाई खुसी दिइसकेको संस्थाले अहिले भने नयाँ कामको थालनी गरेको छ।
२०२५ सालदेखि नेपाल म्याजिक फाउण्डेशनले बाल गृहका बालबलिकाहरूको जन्मदिन मनाइदिन थालेको छ। जसको सुरुआत संस्थाले चोभारको ‘असहाय बाल गृह’बाट गरेको छ।
एउटा सानो कामले पनि बालबालिकाहरूलाई खुसी बनाउँदा आफूहरूलाई सन्तृष्ट लागेको बताउँदै उनले भने, ‘उहाँहरूको मुहारको खुसीले हामीमा झनै आत्मविश्वास बढेको छा।’
अगामी दिनहरूमा पनि विभिन्न कार्यक्रम गरेर बालबालिकाहरूलाई खुसी बनाउने नेपाल म्याजिक फाउण्डेशनको लक्ष्य रहेको उनले बताए।
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया