बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले थारुको परिकार ढिक्रीको स्वाद लिएका छन। दाङ पुगेका प्रचण्डले शनिबार मर्निङ वाक गर्ने क्रममा थारु समुदायको परिकार ढिक्री खाएका हुन।
दाङको घोराही-धारापानी मर्निङ वाक पछि प्रचण्डले नेता तथा कार्यकर्ताको साथमा बसेर ढिक्री खाएका छन। चिसो बढेकाले प्रचण्डले आगो समेत तापेका छन्।
थारु समुदायको परिकार ढिक्री कुनै चाडपर्व र समारोहमा बनाउने गरिन्छ। यो विशेष गरी चामलको पिठोको ढिक्री बनाउने प्रचलन छ भने त्यसको अलवा गहुँ, जौँ र मकैको पिठोको पनि बनाउने गरिन्छ। विभिन्न थरिका अन्नबाट ढिक्री बनाएर खाने प्रचलन भए पनि देवतालाई भने प्रायःजसो चामलको ढिक्री प्रसादको रुपमा चढाउने प्रचलन थारू समुदायमा विद्यमान छ।
घरको कुल देवता र गाउँको भुँइह्यार देवतालाई पनि प्रसादको रुपमा ढिक्री चढाइन्छ। थारु समुदायले विशेषगरी तिहारको लक्ष्मी पूजाका दिन ढिक्रीको दियो, चिलिम, मट्काका भाँडा बनाई लक्ष्मी पूजा गर्ने चलन छ।
यसअघि मोरङको बिराटनगर प्रचण्डले राजवंशी समुदायको परिकार भक्काको स्वाद लिएका थिए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया