बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक हेर्दाहेर्दैमा राखिएको छ। बहस नसकिएपछि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ।
रुपन्देही जिल्ला अदालतमा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबारबाट जारी बहस शुक्रबार पनि नसकिएपछि आइतबारका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेको बयान सकेर थुनछेक बहस भइरहेको छ।
बिहीबार ८ जना सरकारी वकिलहरूले बहस गरेका थिए भने शुक्रबार पहिला जाहेरवालाका तर्फबाट वकिलहरूको बहस सकेर रविका वकिलले बहस गरेका थिए।
प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त र सुरेन्द्र थापाले बहस गरेका छन्। आइतबारको बहसमा लामिछानेलाई उपस्थित हुन इजलासले आदेश दिएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया