बिएल संवाददाता
अमेरिकामा ‘ट्रम्प.२’ सुरू भएको छ। ४७औं राष्ट्रपतिको रूपमा डोनल्ड ट्रम्पले सपथ लिएसँगै अमेरिकामा ट्रम्प. २ सुरू भएको हो।
ट्रम्प.२ को पहिलो दिन मौसम चिसो भए पनि राजनीतिक मौसम ह्वात्तै तातेको छ। सपथ ग्रहण समारोहमा ट्रम्पले गरेका केही घोषणाहरूसँगै राजनीतिक मौसम तातेको हो। उनले अमेरिकामा स्वर्ण युगको सुरूवात भएको भन्दै मेक्सिको सिमामा राष्ट्रिय संकटकाल लगाउने घोषणा गरेका छन्।
उनले बाइडेनले जारी गरेका सबै ७८ कार्यकारी आदेश खारेज गर्ने घोषणा गर्दै अरू दुईसय भन्दा बढी कार्यकारी आदेश जारी गर्ने बताएका छन्। उनले नौ वटा कार्यकारी आदेश क्यापिटल एरिनाबाटै जारी गरे भने बाँकि ओभल अफिसबाट जारी गर्ने बताए। उनले आज नै अरू सबै कार्यकारी आदेश जारी हुने पनि बताए।
चिसो मौसमका कारण क्यापिटल एरिनामा विजयी सभा आयोजना गरिएको थियो। उनले विजयी सभालाई अमेरिका स्वतन्त्रताको कार्यक्रम भने।
ट्रम्प. २ लाई लिएर अमेरिकामा मिश्रित प्रतिक्रिया मिलेको छ। ट्रम्प समर्थकहरूमा उत्साह र उमंग छाएको छ भने विरोधीहरूमा निराशा, हतासा र भय छाएको छ। उनको आगमनसँगै ब्राउन कलर आप्रवासीहरूमा भने भयको वातावरण छ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया