बिएल संवाददाता
गाजापट्टीमा जारी इजरायली सैन्य कारबाहीमा परी कम्तिमा ४५ हजार ९३६ बढी प्यालेस्टाइनीको ज्यान गएको छ।
अक्टोबर २०२३ मा युद्ध सुरु भएयता १ लाख ९ हजार बढी घाइते भएका छन्।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा इजरायली आक्रमणका कारण ५१ जनाको मृत्यु भएको र ७८ जना घाइते भएको विज्ञप्तिमा उल्लेख छ।
इजरायलले गाजा शहरमा धेरै हवाई आक्रमणहरू सञ्चालन गरेको साथै शहरको केन्द्र र वरपरका पश्चिमी क्षेत्रहरूलाई निशाना बनाएको विज्ञप्तिमा उल्लेख छ।
हालै मध्य गाजा पट्टी, देइर अल बालाहको पश्चिममा भएको हवाई आक्रमणले एउटा घर ध्वस्त पारेको छ। त्यहाँ चार जनाको मृत्यु भएको छ र धेरै घाइते भएका छन्।
त्यस्तै दक्षिणी गाजाको खान युनिसको पश्चिमी भागमा रहेको एक आवासीय भवनलाई लक्षित गरी हवाई आक्रमणमा चार जना घाइते भएका छन्।
त्यस्तै इजरायली सेनाले मंगलबार राती र बुधबार वेस्ट बैंकका विभिन्न स्थानहरूमा कम्तिमा ४५ प्यालेस्टिनीहरूलाई हिरासतमा लिएको छ।(सीसीटीभी प्लस)
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया