आशिका तामाङ र प्रहरीबीच भनाभन (भिडियाेसहित)

Break n Links
Break n Links

पशुपति क्षेत्र विकास काेषविरुद्ध प्रदर्शन भएको छ। काेषले श्रमिकलाई निकालेकाे र अदालतले पुनर्वहाली गर्न आदेश दिँदा पनि श्रमिलाई काम गर्न नदिइएको भन्दै बुधबार दिउँसाे पशुपति क्षेत्र विकास काेष अगाडि प्रदर्शन भएको हाे। 

पीडितहरूले प्रदर्शनमा उत्रिएका थिए। प्रदर्शनमा समाजिक अभियान्ता आशिका तामाङ पनि पुगेकी थिइन्। 

उनलाई प्रहरीले क्षेत्र विकास काेषभित्र प्रवेश गर्न नदिएपछि उनले प्रहरीसँग भनाभन गरेकी थिइन्। उक्त भनाभनको भिडियाे उनी स्वयमले फेसबुकमा पाेष्ट गरेकी छिन्। 

अहिले घटना साम्य भइसकेकाे छ। ‘पुस १ गते उनीहरू (कर्मचारी)लाई कामबाट निकालिएकाे रहेछ। ३–३  दिन अगाडि हामीसँग पीडितहरू आउनुभएको थियाे। त्यसपछि उहाँ (आशिका) बुझ्न जाँदा भनाभन भएको हो। आजलाई सकिएको छ। फेरि भाेलि धर्ना बस्ने तयारी छ’, तामाङकी सहयाेगी सन्जय बस्नेतले भने। 

तामाङले पनि भाेलि बिहीबार ११ बजे पशुपति क्षेत्र विकास काेषको गेटमा धर्ना दिनेसमेत चेतावनी दिएकी छिन्। 

‘अदालतको आदेश पालना नगरी पशुपति क्षेत्रमा सरसफाइ गर्नु हुने दिदीबहीनीलाई कामबाट निकाली अन्याय पूर्ण व्यबहार गरेको हुँदा भोलि बिहान ठिक ११ बजे पशुपति विकास कोषको गेटमा सबै जाना आइ पीडितको पक्षमा शान्तिपूर्ण धर्नामा सामेल हुन हार्दिक अनुरोध गर्दछु’, तामाङले फेसबुकमा लेखेकी छिन्। 

प्रहरीले क्षेत्रविकास काेषबाट निकालिएका कर्मचारी आन्दोलनमा आएपछि सामान्य भनाभन भएको बताएको छ। ‘त्यस्तो केही भएको होइन। क्षेत्र विकास काेषले करार सम्झौता सकिएपछि तलब दिन नसक्ने भन्दै कामबाट निकालेपछि उहाँहरू काम गर्न दिनुपर्छ भन्दै आउनु भएको थियाे। त्यस समयमा सामान्य भनाभनमात्र भएको हो’, प्रहरी वृत्त गौशालाका एक अधिकारीले भने।

भिडियाे–

प्रकाशित मिति: : 2025-01-08 16:29:00

प्रतिकृया दिनुहोस्