राष्ट्रिय बिमा कम्पनीको दोस्रो वार्षिक प्रतिवेदन सार्वजनिक, पारित भए ६ वटा प्रस्ताव

राष्ट्रिय बिमा कम्पनीको दोस्रो वार्षिक प्रतिवेदन सार्वजनिक भएको छ। 

बुधबार एक विशेष कार्यक्रमकाबीच बिमा कम्पनीले आफ्नो वार्षिक साधारण सभामा दोस्रो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो। 

दोस्रो वार्षिक प्रतिवेदनमा ६ वटा सामान्य प्रस्तावहरु पारित भएका छन्। 

यस्ता छन् ६ वटा सामान्य प्रस्तावहरू–

(१) सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गरेको राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३–७४ र आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन पारित भएको छ।

(२) राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३–७४ र आर्थिक वर्ष २०७४–७५ को लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित।

(३) महालेखापरीक्षकको कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिबाट नियुक्त लेखापरीक्षकको आर्थिक वर्ष २०७३–७४ र आर्थिक बर्ष २०७४–७५ को नियुक्ति एवम् पारिश्रमिक अनुमोदन गर्ने।

(४) महालेखापरीक्षकको कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिबाट आर्थिक वर्ष २०७५–७६, २०७६–७७, २०७७–७८ र २०७८–७९ का लागि नियुक्त लेखापरीक्षकको नियुक्ति एंव पारिश्रमिक सर्मथन गर्ने।

(५) सञ्चालकहरूको आर्थिक वर्ष २०७३–२०७४ र २०७४–७५ को बैठक भत्ता एवं सुविधाहरू अनुमोदन।

(६) सञ्चालकहरूको बैठक भत्ता रु. ६,००० तथा सञ्चार तथा पत्रपत्रिका, इन्टरनेट र इन्धन खर्च मासिक रु १२,००० प्रदान गर्न स्वीकृत।

प्रकाशित मिति: : 2025-01-08 15:20:00

प्रतिकृया दिनुहोस्