मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको हो।
गत आइतबार र सोमबार पनि सुनको मूल्य सोही मूल्यमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ।
महासंघका अनुसार सोमबार तोलामा १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार भने बढेर १ हजार ८३० रुपैयाँ कायम भएको हो।