काठमाडाैँकाे कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाकाे हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले उनीहरूविरुद्ध आइतबार अदालतमा मुद्दा दर्ता गरेको हो।
पूर्वगृहमन्त्री एवं गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक समिति सदस्य लामिछानेसहित तत्कालीन उपाध्यक्ष छविलाल जोशी, स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता तामाङ, सदस्य हमेन्त अधिकारी, रविना रिमाल, पूर्वअध्यक्ष दिपक लामा लगायत ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको हाे।
उनीहरूमाथि सहकारीको एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ अनियमितता गरेको आराेप छ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा रवि लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन्। उनीविरुद्ध पोखरामा थुनछेक बहस चलिरहेको छ।