नेपाली काँग्रेसका नेता डा.शेखर कोइराला पक्षधर नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अध्यक्ष दुजाङ शेर्पाले धम्काएर अपारदर्शी तरिकाले पैसा उठाएको आरोप लगाएको छ।
शुक्रबार कन्द्रीय सदस्य प्रेमिका राणा मगरले एक प्रेस विज्ञप्ति जारी गर्दै ‘जय नेपाल कप’आयोजनाका लागि शेर्पाले व्यापारीदेखि विभिन्न संघसंस्था, क्याम्पस र विश्वविद्यालयमा गएर पैसा माग्ने नदिए धम्काउने काम गरेको बताएकी छिन्।
‘जय नेपाल कप’ आयोजना पनि नेविसंघको कार्यसमितिमा छलफल नै नगरेर एकलौटी गर्न लागेकोसमेत उनले बताएकी छिन्।
राना मगरले बिएल नेपाली सेवासँग कुरा गर्दै शेर्पामाथि लगाएको आरोपको पुष्टि गर्न सक्ने आफूसँग प्रमाण भएको बताइन्। शेर्पासँग भने सम्पर्क हुन सकेन।
विज्ञप्तिमा शेर्पाको नेतृत्वको कार्यकाल २ वर्ष ९ महिना पुग्दा समेत १२ औँ महाधिवेशन सम्पन्न गर्नतर्फ नेतृत्वको गतिविधि केन्द्रित नभएको पनि उल्लेख छ।
शेर्पा काँग्रेसकाे संस्थापन पक्षधर मानिन्छन् भने राना मगर संस्थापन इतर पक्षका मानिन्छन्।