नेपाललाई बाल विवाहमुक्त बनाउने सङ्कल्पमा प्रधानमन्त्रीले गरे हस्ताक्षर

Break n Links
Break n Links

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई ‘बाल विवाहमुक्त नेपाल राष्ट्रिय अभियान’ सफल बनाउन शुभकामना दिएका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा अभियानकर्मीहरुसँग मंगलबार भएको भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रिय बाल कल्याण परिषद्को अगुवाइमा आजदेखि आरम्भ भएको सो अभियानलाई शुभकामना दिएका हुन्।

बाल विवाह एक सामाजिक समस्या र कानुनी अपराध भएकाले यसविरुद्ध अभियान सञ्चालन गरी नेपाललाई बाल विवाहमुक्त बनाउने सङ्कल्पमा प्रधानमन्त्री ओलीले हस्ताक्षर पनि गरे। मुलुकी अपराध संहिता, २०७४ मा बाल विवाहलाई दण्डनीय मानेको छ।

भेटमा पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, भारतको ‘जष्ट राइट्स फर चिल्ड्रेन’ का संस्थापक भुवन रिम्भु र बाल विवाह भोगेर हाल यसविरुद्धको अभियानमा संलग्नहरुको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: : 2024-12-31 14:51:00

प्रतिकृया दिनुहोस्