पर्साको वीरगञ्ज महानगरपालिका–१६ भन्सार ईलाकाबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित बहुदमाई गाउँपालिका–३ नगरदाहा बस्ने अन्दाजी ३६ वर्षीय मिश्री रामलाई साेमबार पक्राउ गरेकाे हाे।
भारतबाट पैदल आउँदै गरेका उनले टाउकोमा बोकी ल्याउँदै गरेको हरियो खुर्साको बोराभित्र लुकाई छिपाई राखेको डाईजेपाम ४ सय ९० एम्पुल, बुप्रेनोर्फिन ४ सय ९९ एम्पुल, नोफिन २ सय ९७ एम्पुल र प्रोमाथाजिन हाईड्रोक्लोराई ईन्जेक्सन ४ सय ९७ एम्पुल फेला पारेको हो।
पक्राउ परेका उनलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि सम्बन्धित नियकायमा बुझाइएको सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।