दोस्रो पटककाे हिमपातले मुगुका किसान खुसी

हिमाली जिल्ला मुगुमा दोस्रो पटक हिमपात भएको छ। दोस्रो पटक हिउँ पर्दा स्थानीय कृषक हिउँदे अन्नबाली उत्पादनमा राम्रो हुने भन्दै खुसी भएका छन्।

रारासँगै आसपासका बस्तीहरूमा पनि हिमपात भएको छ। मुर्मा, कोटिल्ला, सोबा लगायत बस्तीमा बिहानैदेखि हिउँ परेकाे छ।

मुगुम कार्मारोङ गाउँपालिकाको माथिल्लो क्षेत्र मुगु, डोल्फू, चितै, कार्ति किम्रीमा, सोरु, खत्याडका हिमाली बस्तीमा पनि हिमपात भएको स्थानीयले बताएका छन्।

मुगुमा यो वर्ष दुई पटक हिमपात भएको स्थानीय बिर्ख रोकायाले बताए। हिमपात भएपछि अन्नबाली, फलफूल जडिबुटीहरू राम्रो हुने गर्छ। 

प्रकाशित मिति: : 2024-12-28 14:59:00

प्रतिकृया दिनुहोस्