पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु जनकपुरधाम आइपुगेका छन्।
मधेस प्रदेशको सबै आठ जिल्लामा चार दिने ‘ट्रफी परेड’ गरिरहेको जनकपुर बोल्ट्सका खेलाडीलाई शुक्रबार जनकपुरधाममा भव्य स्वागत गरिएको छ।
आजदेखि सुरु भएको परेडको पहिलो दिन धनुषास्थित राम जानकी मन्दिरमा तय गरिएको छ। त्यस्तै भोलि शनिबार मोहत्तरी, सर्लाही र रौतहटमा ट्रफी परेड गरिनेछ।
तेस्रो दिन आइतबार बारा र पर्सामा परेड गरिने र अन्तिम दिन अर्थात सोमबार सिराहा र सप्तरीमा ट्रफी परेड गरिनेछ।
गत शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुरले पहिलो संस्करणको एनपिएलको उपाधि जितेको थियो।