एनसेलको सेयर बिक्रीविरुद्ध अमरेशकुमार सिंहले दायर गरेकाे रिट खारेज

File Photo
File Photo

सर्वोच्च अदालतले एनसेलको सेयर बिक्रीविरुद्ध दायर भएकाे रिट खारेज गरेको छ। 

बिहीबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको इजलासले सांसद अमरेशकुमार सिंहले दायर गरेकाे रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो। 

प्रतिनिधिसभाका स्वतन्त्र सांसद सिंहले २०८० मंसिर २२ गते एनसेलको सेयर खरिद बिक्री रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय/आन्तरिक राजस्व विभाग ठूला करदाता कार्यालय, एनसेल एक्जियाटा लिमिटेड, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।
 

प्रकाशित मिति: : 2024-12-26 17:26:00

प्रतिकृया दिनुहोस्