सहकारी ठगीमा एमालेकी पूर्व सांसद गुरुङ पक्राउ

Break n Links
Break n Links

पोखरामा रहेको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संगलग्न रहेको आरोपमा एमालेकी गण्डकी प्रदेशकी पूर्व सांसद मीना गुरुङ पक्राउ परेकी छिन्। 

उनलाई मंगलबार कास्की प्रहरीले घरबाटै पक्राउ गरेको हो। कास्की प्रहरीले उनी सहकारीको रकम हिनामिना गरेको आरोपमा फरार रहेको अभियोजन पत्र कास्की प्रहरीमा दर्ता गरेको थियो। 

मीनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। बिहीबार उनलाई अदालतमा पेश गरिने कास्की प्रहरीले जानकारी दिएको छ। 

उनी सूर्यदर्शन सहकारी संस्था स्थापनाकालदेखि तदर्थ समिति सदस्य हुँदै संस्थाकी उपाध्यक्षसम्म भएकी थिइन्। 

सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संस्था र व्यक्ति गरेर ६३ जनाविरुद्ध अभियोजन दर्ता भएको छ।

प्रकाशित मिति: : 2024-12-24 18:52:00

प्रतिकृया दिनुहोस्