नेकपा माओवादी केन्द्रले लेखा समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेको छ।
सिंहदरबारमा सोमबार बसेको लेखा समिति बैठकमा माओवादी सांसद अमनलाल मोदीले सहकारी ठगी प्रकरणमा सभापतिमाथि प्रश्न उठेको भन्दै पोखरेलको राजीनामा मागेका हुन्।
‘सहकारीको कुरामा तपाईंको परिवारसँग जोडिएको छ। तपाईंमाथि प्रश्न उठेको छ। समितिकै सभापतिमाथि प्रश्न उठेपछि केही न के केही बोल्नुपर्छ, जवाफ दिनुपर्छ’, उनले भने।
उमागौरी सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पोखरेलकी पत्नी अञ्जला कोइराला जाेडिएपछि माओवादीले सभापति पोखरेलको नैतिकतामा प्रश्न उठाउँदै राजीनामा माग्दै आएको छ।
पोखरेल पत्नी अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर भएकाे छ। हाल अञ्जला फरार छिन्।