राष्ट्रिय धार्मिक संघ संस्था सम्मेलन सम्पन्न

काठमाडौँमा विभिन्न धार्मिक संगठनहरूको दुई दिने राष्ट्रिय धार्मिक संघ संस्था सम्मेलन सम्पन्न भएको छ। पौष ५ र ६ गते भएको सम्मेलनले विभिन्न निर्णय पनि गरेको छ। 

सम्मेलनले राष्ट्रिय शास्त्र अनुसार सबैमा साझा सदा कार्य गर्ने गराउने,  २०६२÷०६३ पछि नेपालमा धार्मिक गतिविधि सञ्चालन गरेका विभिन्न संघ संस्थाको कार्यलाई समावेश गरेर पुस्तक प्रकासन गर्ने, विभिन्न संघ सस्थाको आचार संस्था निमार्णका साथैं सम्मान गर्ने निर्णय गरेको छ। 

यस्तै सातै वटा प्रदेशमा धार्मिक सभा गर्ने, सनातन हिन्दु राष्ट्र निमार्ण गर्न अक्षयकोष स्थापना गर्ने, सनातन हिन्दु राष्ट्र निमार्णका लागि हिन्दु राष्ट्र निमार्णका लागि घोषणा गर्ने, सनातन हिन्दु राष्ट्र निमार्णका निम्ति ०७२ साल असोज ३ गते धर्म निरपेक्षता घोषणा भएकोमा धर्म सापक्षेता राष्ट्र निमार्णका लागी सबै गुरुहरुले एक दिन अन्न ग्रहण नगर्ने निर्णय भएको आयोजकले जनाएको छ। 

सम्मेलनमा डा. चिन्तामणी योगी, डा. बासुदेब शास्त्री, सूर्य माखिमले कार्यपत्र पेश गरेका थिए।

सम्मेलनले विभिन्न माग पनि गरेको छ। 

मागहरु निम्न रहेका छन्
१। मठ, मन्दिर, गुठी ब्यवस्थापनको निम्ति राजनीतिक नियुक्ती गर्न बन्द गर्न दवाब दिने ।
२।धार्मिक संघ संस्था खोल्नको निम्नि गैह नाफामुलक तथा कर मुक्त क्षेत्र बनाउन दवाब दिने ।
३। ॐकार परिवार सम्बन्ध संघ संस्थामा कर छुटको ब्यवस्था मिलाउन दवाब दिने ।
४। धर्म, संस्कार संस्कृतिको नष्ट गर्न रोक लगाउनुका साथैं धर्म परिवर्तन गराउन अन्त्य गर्नु पर्ने ब्यवस्था गर्न दवाब दिने ।
५।देशमा कानुन बनायर गो हत्या, गर्नेलाई कडा कार्वाही गर्न दवाब दिने, ।
६। सामुदायिक बनमा गौचरणको व्यवस्था मिलाउन दवाब दिने ।
७। सबै क्षेत्रमा विद्यालयहरु, क्याम्पसमा संस्कृति सामाजिक शिक्षा लागू गर्न दवाब दिने ।
८।सरकारी क्षेत्र, बैक, अफिसमा नेपाली भाषा प्रयोग गर्न दवाब दिने ।
९। नागरीकता, पार्सपोर्ट, राष्ट्रिय परिचय पत्रमा टिका हटाउने ब्यवस्थाको अन्त्य गर्नु पर्ने ।
१०। सामाजिक सास्कृतिक, धार्मिक बाह्य पर्यटनको बिकास र एकादशी र औसीमा मांस र मदिरा बन्द गर्न दवाव दिने ।
११।मठ, मन्दिर, कोषमा स्थानीय परम्परा अनुसार स्वदेशी भेष भूषाको प्रयोग गर्न दवाव दिने ।
१२। संस्था, मठ मन्दिरमा उठेको रकम त्यहि संस्था मठ मन्दिरमा खर्च गर्ने ब्यवस्था मिलाउन दवाब दिने ।
१३। सनातन हिन्दु धर्म समग्र ॐकार परिवारको नेतृत्वमा धर्म सापक्ष राज्य घोषणा गर्न माग गदछ ।

प्रकाशित मिति: : 2024-12-21 20:57:00

प्रतिकृया दिनुहोस्