फेरि घट्यो सुनको मूल्य, ताेलामा कति?

नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ।

बिहीबार एक लाख ४९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ।

त्यस्तै आज चाँदीको पनि मूल्य घटेको छ। बिहीबार १ हजार ७ सय ८० रुपैयाँमा कारोवार भएको चाँदी आज २० रुपैयाँले घटेर १ हजार ७ सय ६० रुपैयाँमा कारोवार भैइरहेको छ।  

प्रकाशित मिति: : 2024-12-20 11:17:00

प्रतिकृया दिनुहोस्