चन्द्र ढकाल नेतृत्वकाे ‘इन्भेष्टमेन्ट कम्पनी’को सीईओमा बज्राचार्य नियुक्त

Break n Links
Break n Links

नेपाल इन्भेष्टमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रत्नराज बज्राचार्य नियुक्त भएका छन्।

इन्भेष्टमेन्ट कम्पनीको सञ्चालक समिति बैठकले बज्राचार्यलाई सीईओमा नियुक्त गरेको हो। उनी ग्लोबल आईएमई बैंकका तत्कालीन सीईओ हुन्।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं आइएमई ग्रूपका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा १० अर्बकाे लगानीमा नेपाल इन्भेष्टमेन्ट कम्पनी स्थापना भएकाे हाे।

विशेषगरी उक्त कम्पनीकाे उद्देश्य नेपालमा ठूला पूर्वाधार आयोजनामा लगानी गर्ने रहेकाे छ।

यसैगरी नेपालमा पर्यटन, कृषि, जलविद्युत तथा पूर्वाधार विकासमा लगानी गर्ने उद्देश्यक अनुरुप साे कम्पनी खडा गरिएको बताइएकाे छ।

देशका सम्पूर्ण उद्योगी व्यवसायीले लगानी गर्न उक्त कम्पनी हाल १ अर्ब रुपैयाँभन्दा बढी लगानी जुटाइसकेको छ। 

प्रकाशित मिति: : 2024-12-17 12:11:00

प्रतिकृया दिनुहोस्