नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य भने घटाएको छ।
आइतबार राती १२ बजेदेखि लागू हुने गरी २ रुपैयाँ बढाएर पोट्रोलको मूल्य १५९ रूपैयाँ ५० पैसा कायम गरिएको छ। डिजेल र मट्टितेलमा भने २ रूपैयाँ मूल्य घटाइएको छ।
घटाइएको मूल्यअनुसार डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४८ रुपैयाँ ५० पैसा कायम गरिएको छ।
भारतबाट मूल्यमा परिवर्तन भएकाले साेहीअनुसार यहाँ पनि मूल्यमा हेरफेर गरिएकाे निगमले जनाएकाे छ।