आजको फलफूल तथा तरकारीको मूल्य

Break n Links
Break n Links

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ५० रुपैयाँ, भारतिय सुकेको प्याज ९२ रुपैयाँ रहेको छ।

यसैगरी आलु रातोको ६२, आलु सेतोको ५६, लोकल बन्दाको मुल्य ४५, काउली स्थानीयको ६० रुपैयाँ कायम भएको  छ।

यसैगरी, कन्य च्याउ १८०, कुरीलो १ हजार, भन्टा डल्लोको मूल्य ६० रुपैयाँ र भन्टा लाम्चोको ६० रुपैयाँ, भिण्डी ८० रुपैयाँ, सखरखण्ड ७० रुपैयाँ, बरेला १३० रुपैयाँ, तितो करेला ८० रुपैयाँ कायम भएको छ।

रायो सागको मूल्य २५ रुपैयाँ  छ। तोरिको साग ४०, पालूगो साग ९० र चमसुरको साग ९०, स्कूसको मूल्य २५ रुपैयाँ,पिँडालू ७० रुपैयाँ रहेको छ।

त्यस्तै, लोकल गाजर ९० रुपैयाँ, तने बोडी १२० रुपैयाँ, मकै बोडी ५० रुपैयाँ, मटरकोशा १३० रुपैयाँ, राजमा घिउ सिमी १२० रुपैयाँ, लौका ६०, घिरौला ८० रुपैयाँ र लोकल परवर ६० रुपैयाँ रहेको छ।

त्यस्तै, अनारको ३५० र मौसमको १५० रुपैयाँ, सुन्तला नेपाली १०५, केरा १५०, स्याउ फूजी २६० रहेको छ।

प्रकाशित मिति: : 2024-12-13 10:50:00

प्रतिकृया दिनुहोस्