बिएल संवाददाता
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्।
बिहीबार जिल्ला अदालत काठमाडौँमा धरौटी बुझाएर छुट्नासाथ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रसाईंलाई पक्राउ गरेकाे हाे।
आपराधिक विश्वासघातको कसूरमा प्रसाईंलाई फेरि पक्राउ गरिएकाे हाे। प्रहरीका अनुसार उनी अदालत परिसरबाटै पक्राउ परेका हुन्।
भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा हरिचन्द्र फुयललाई प्रयोग गरेर नेपालका व्यवसायीलाई धम्क्याउन लगाएको प्रसाईंमाथि आरोप छ।
यसअघि ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा भ्रामक र गलत जानकारी फैलाएको आरोपमा प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोकाे टाेलीले मंसिर ४ गते भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियाे।
उनलाई आज मात्रै काठमाडौँका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले ४० हजार धरौटीमा छाड्न आदेश दिएको थियाे।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया