बिएल संवाददाता
खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रीहरुको पद सुरक्षित नरहेको बताएका छन्।
बिहीबार खानेपानी, सरसफाई तथा स्वच्छता पैरवी राष्ट्रिय शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले स्थानीय तहका मेयरहरुको पद पाँच वर्षसम्मका लागि सुरक्षित भए पनि सरकारमा गएका मन्त्रीहरुको पद सुरक्षित नभएको बताएका हुन्।
उनले भने, ‘नयाँ कुरा केही छैन। राजनीतिकर्मीहरु बुझिहाल्नु हुन्छ। मेयर सापहरुको पद त पाँच वर्षसम्म कसैले हल्लाउन सक्दैन। तर दुई तिहाइको सरकार भएर पनि मन्त्रीहरुको पदको सुरक्षा छैन। पद सुरक्षित छैन। राजनीतिक कुरा हो यस्तो भइहाल्छ।’
साथै, उनले राजनीति व्यक्तिहरुले बोलीबचनमा प्रतिबद्ध हुनुपर्ने बताए। उनले आफू जति दिन पदमा बसिन्छ, त्यो समयमा इमानदारीपूर्वक काम गर्ने बताए।
उनले युवामाथि नागरिकको विश्वास रहेको बताए। साथै राजनीतिक व्यक्तिहरुले जनताको कुरा कार्यान्वयन गर्नकै लागि अगाडि बढ्नुपर्ने बताए।
‘राजनीतिमा आएका युवाहरुमाथि जनताको विश्वास छ। त्यसैले हामी राजनीति व्यक्तिहरुले बोलीबचनमा प्रतिबद्ध हुनुपर्छ। हामीले जनताको सपना बोकेर राजनीतिमा आउनुपर्छ, र आएका पनि छौँ। जनताको कुरा कार्यान्वयन गराउनका निम्ती हामीले अगाडि बढ्नुपर्छ’ मन्त्री यादव भने।
यसैगरी उनले सरसफाई तथा स्वच्छता पैरवी राष्ट्रिय शिखर सम्मेलन गर्न प्लान गर्नुपर्ने बताए। उनले हरेक दिन, हप्ता र महिनामा प्लान गरेर शिखर सम्मेलन गर्न सके मात्र सफल हुने बताए।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया