रवि लामिछानेलाई आज फेरि अदालत लगिँदै

Break n Links
Break n Links

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज पनि कास्की जिल्ला अदालतमा लगिँदै छ।

अनुसन्धानका लागि पुनः म्याद थपका लागि उनलाई प्रहरीले कास्की जिल्ला अदालतमा लैजान लागेको हो। पछिल्लो पटक चार दिनको म्याद थपिएको थियो। लामिछाने झण्डै दुई महिनादेखि कास्की प्रहरीको हिरासतमा छन्।

आज लामिछानेसहित पूर्वडीआईजी तथा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, रामबहादुर खनाल र लीला पछाईलाई अदालतमा उपस्थित गराउने तयारी छ। 

रविलाई पर्सामा बयान गराएर हिजो हवाई मार्गबाट काठमाडौं हुँदै पोखरा लगिएको हो। सडकमार्गबाट वीरगञ्ज लगिएका जोशीलाई अस्ति फर्काएको हो।

प्रकाशित मिति: : 2024-12-12 09:44:00

प्रतिकृया दिनुहोस्