बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौँ गुर्खाजसँग लुम्बिनी लायन्स पराजित भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार सम्पन्न दोस्रो खेलमा काठमाडौँसँग लुम्बिनी १८ रनले पराजित भएकाे हाे।
काठमाडौँले दिएको एकसय ४ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.२ ओभरमा अलआउट भयाे। लुम्बिनीले सबै विकेट गुमाउँदै ८५ रन मात्रै बनाउन सफल भएको छ।
काठमाडौँका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका थिए। लिग चरणमा कर्णाली याक्ससँग खेल्न बाँकी लुम्बिनीले चितवन राइनोजलाई ३३ ले मात्रै हराउन सक्यो। बाँकी खेलमा हार बेहोरेको लुम्बिनी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्यो।
यता, काठमाडौँले भने दोस्रो जित हासिल गरेको छ। काठमाडौँले यसअघि कर्णाली याक्सलाई तीन विकेटले पराजित गरेको थियो।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया