बिएल संवाददाता
गृहमन्त्री सुदन गुरुङले नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) डा. मनोज केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाउँदै डा. केसीलाई नेपाल प्रहरीको नेतृत्व सुम्पिने निर्णय गरेको थियो।
नयाँ आईजीपीलाई दर्ज्यानी चिन्ह प्रदान गर्ने क्रममा यसपटक पुरानो अभ्याससमेत परिवर्तन भएको छ। यसअघि नेपाल प्रहरीका महानिरीक्षकलाई गृहसचिवले दर्ज्यानी चिन्ह लगाइदिने परम्परा रहँदै आएको थियो। तर, यसपटक गृहमन्त्री गुरुङ आफैंले नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।
कार्यक्रममा निवर्तमान आईजीपी दानबहादुर कार्की भने अनुपस्थित थिए। सरकारले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ।
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया