बिएल संवाददाता
ताप्लेजुङकाे काबेली खोलामा नुहाउने क्रममा ६ दिनदेखि बेपत्ता राजेन्द्र बुढाथोकीको शव फेला परेकाे छ।
बुढाथोकीको शव खोलाको दहमा बालुवाले पुरिएको अवस्थामा मंगलबार सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको हो।
ताप्लेजुङको सिरिजंघा गाँउपालिका–५ स्थित काबेली खोलामा नुहाउने क्रममा सोही गाँउपालिका–५ स्थित पेदाङ बस्ने ४५ वर्षीय बुढाथोकी मंसिर १९ गते बेपत्ता भएका थिए। उनकाे शव घटनास्थलभन्दा करिब ५० मिटर पर ७० फिटको गहिराईबाट निकालिएको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालयबाट गोताखोर तथा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज मंसिर १९ गते नै उनको खोजीकार्यमा निरन्तर खटिएको थियो।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया